rakshi

३० असोज इनरुवा / चाडपर्व नजिकिएसँगै यतिवेला सुनसरीका ग्रामिणी भेगमा घरेलु मदिराको विक्रि वितरण बढेको छ । सदरमुकाम इनरुवा सहित आसपासका ग्रामीण क्षेत्रमा घरेलु मदिराको उत्पादनको क्रम बढेसँगै विक्री वितरणमा वृद्धि भएको हो ।

सदमुकाम इनरुवा सहित रामनगरभुटाहा, भण्टावारी, लौकही, श्रीपुरजब्दी, लगायतका गाविसहरुमा ठुलो परिमाणमा घरेलु मदिरा उत्पादन हुन थालेको छ । उत्पादित मदिरा स्थानीय बजार हुँदै सदरमुकाम इनरुवा सहित आसपासका क्षेत्रमा विक्री वितरण हुने गरेको पाइएको छ ।
प्रहरीले केही समयअघि घरेलु मदिरा उत्पादन स्थानहरुमा छापा मारी ठुलो परिमाणमा तयारी मदिरा नष्ट गरेको थियो । यतिवेला भने प्रहरी जारी मधेश आन्दोलनका कारण सदरमुकाम केन्द्रित हुँदा ग्रामिण भेगमा घरेलु मदिरा उत्पादन तथा विक्रि वितरणमा बृद्धि देखिन थालेको हो ।

तपाईको प्रतिक्रिया