salman khan being human

‘सलमान खान’ एउटा यस्तो नाम हो जुन फिल्मी जगतमा मात्रै होइन ‘सेलिब्रेटी सोसाइटी’मा समेत क्रेजी नाम बन्न सफल भएको छ  । उनको स्टारडमको बलिउडमा मात्रै होइन हलिउडमा समेत उत्तिकै चर्चा हुने गर्दछ । त्यसो त उनका प्रशंसक र फ्यानहरु बिश्वभर बढ्दो छ । उनलाई पछ्याउने कलाकार र फ्यानहरु थुप्रै छन् जसका कारण पनि सलमान चर्चाको चुचुरोमा पुग्न सफल भएका हुन्  ।

स्मरणीय कुरा के हो भने यी सुपरस्टार सलमान खानको क्रेज त्यसै बढेका होइनन । उनको ब्रान्डीङ्का पछाडि उनले गरेका विभिन्न क्रियाकलाप र उनको जीवन संघर्षले ठूलो भूमिका निभाएको छ । बाहिरबाट नियाल्दा उनको जुन व्यक्तित्व छ, उनको भित्रि रहस्य पनि त्यतिकै गर्बलायक छ । रिललाइफमा मात्रै होइन रियल लाइफमा पनि उनको संघर्ष र योगदान उतिक्कै प्रशंसनीय छ । तर कतिपय उनका भित्रि पाटोहरु भने अझै सार्वजनिक भएका छैन । जति सार्वजनिक भएका छन् त्यो पनि धेरैलाई थाहा छैन । हामीले उनको जीवनका केही भित्रि पाटो खोतल्ने प्रयास गरेका छौ । पढ्नुस् सुपरस्टार सलमानका बारेमा गोप्य रहस्य बनेका यी तथ्यहरु ।

सलमान खानको जिन्दगी एक खुला पुस्तक हो । त्यही पनि यस्ता केही पानाहरु छन् जुन धेरै थोरै पटक पल्टाइएका छन् । सलमान खानको पुरा नाम अब्दुल रशिद सलिम सलमान खान हो । पौडिनमा धेरै सौखिन छन् उनी । स्कुल जिबनमा ‘स्विमिंङ् च्याम्पियन’ पनि बनेका थिए उनी । पेन्टिङमा पनि राम्रो कला छ उनमा । त्यसो त ‘जय हो’ फिल्मको पोस्टर पनि उनी आफैले बनाएका थिए। सलमानले अभिनयको तालिम डेजी इरानीको इन्स्टिच्युटबाट लिएका हुन् । उनीसंगै साजिद खान र चंकी पाण्डेले पनि तालिम लिएका थिए ।

सलमान खानको नायक बन्ने चाहना थिएन । उनलाई निर्देशक बन्ने रहर थियो। तर निर्माताको सल्लाहमा उनी अभिनय क्षेत्रमा आएका हुन्। लेखनको पनि उनलाई उत्तिकै शौख रहेको छ। फिल्म ‘वीर’ र ‘चन्द्रमुखी’ सलमानले नै लेखेका हुन् ।

सन २००४ मा युएसएको पिपुल म्यागेजिनमा सलमानलाई ‘बेस्ट लुकिंग म्यान इन दी वर्ल्ड’को सुचीमा सातौ र भारतबाट पहिलो स्थान मिल्यो । त्यस्तै सलमानलाई साइक्लिङको पनि उस्तै शौख छ । मुम्बईको सडकमा साइकल चलाउने सलमानले यो बानीले स्वास्थ्य राम्रो बनाउने ठान्दछन ।

हिमेश रेशामिया, साजिद-वाजिद, संजय लीला भंसाली, जैकलीन फर्नाडीज, सोनाक्षी सिन्हा जस्ता स्टारलाई बलिउडमा सलमान खानले नै भित्र्याएका हुन् । त्यस्तै  खानका धेरै नजिक र राम्रा साथी हुन् संजय दत्त ।

उनीमाथि एउटा गहन मुद्धा लाग्यो ‘हिट एण्ड रन’ । यस्तो अपराध गर्नेमा सलमान पहिला व्यक्ति भने होइनन । राजकुमारका छोरा पुरु राजकुमारले रक्सिको नशामा आफ्नो कार ८ जना माथि कुदाएका थिए। तर उनी मात्र १ लाख ६० हजार रुपैयाँ जरिवाना तिरेर रिहा भए ।

ट्वीटरमा सलमान खानका १७ करोड फ्यान छन, त्यस्तै २ करोड ५० लाख बढी फेसबुक ‘लाइक’ छन । उनको ५ फिल्मले लगातार १ सय करोड रुपैयाँ बढी कमाइ गरेको छ । त्यस्तै सलमानले ६ सय भन्दा बढी बच्चाहरुको हर्ट सर्जरी गराइदिएका छन भने ४ सय बढी कैदीका लागि जरिवाना तिरेर उनीहरुलाई ६३ जेलबाट रिहा गराएका छन । फिल्म उद्योगमा सलमान एक्लै यस्ता अभिनेता हुन् जसको लगातार पांच फिल्म (दबंग, रेडी, बॉडीगार्ड, एक था टाइगर, दबंग-२) ले १०० करोड भन्दा बढी कमाइ गरेको छ ।

सलमान ‘बिंग हुम्यान’ नामक एक गैरसरकारी संस्था चलाएका छन् जसले बच्चा र गरिबलाई सहयोग गर्दछ । पछिल्लो समय सलमानले युवाहरुलाई रोजगार दिनका लागि एक वेबसाइट पनि संचालन गरेका छन् । उनको प्रोडक्सन हाउसको कमाइ पनि एनजीओलाई नै जान्छ । सलमानले यही प्रोडक्सन हाउसले ‘चिल्लर पार्टी’ जस्तो सामाजिक सरोकार राख्ने फिल्म बनाएका थिए ।

तपाईको प्रतिक्रिया