इनरुवा चैत्र १ /इनरुवाका एक युवा सहकर्मी किशोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
किशोरीको उजुरीका आधारमा इनरुवा ५ का प्रतापसिङ राजभोर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
इनरुवा नगरपालिका वडा नम्वर ५ घर भएका युवाले सुनसरीको एक कलेजमा अध्ययतरत आफ्नै सहकर्मी साथीलाई जबरजस्ती बलात्कार गरेपछि ती युवतिको उजुरीका आधारमा प्रतापलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चौधरी घटनामा संलग्न भएको अनुसन्धानमा फेला परेकाले उनलाई पक्राउ गरी जबरजस्ती करणी अभियोगमा मुद्धा दर्ता गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।
प्रहरीले किशोरीका उजुरीका आधारमा घटनाका दोषी चौधरीलाई पक्राउ गरी कार्वाही चलाइएको जनाइरहँदा जबरजस्ती करणीको अभियोगमा मुद्धा चलाइएका चौधरीलाई फसाँइएको उनि निकट परिवारको आरोप छ ।

तपाईको प्रतिक्रिया