badshah

०१ चैत्र। बलिउडका चर्चित र्‍यापर वादशाह(आदित्य प्रतिक सिंह) नेपाल आउने भएका छन् । चैत्र ९ गते फागू पूणिर्माको दिन आयोजना हुन लागेको ‘बादशाह लाइभ इन नेपाल’ नामक सांकृतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउनेछन् । उनलाई काठमाण्डौको सांग्रिला होटलमा राख्ने व्यवस्था गरिएको छ ।

नाकाबन्दीपछि नेपाल र भारतविच विगि्रएको सम्बन्धमा सुधार ल्याउन यो कार्यक्रमले केही भूमिका खेल्ने आयोजकको भनाई छ । बादशाह ३ जना डीजे सहित ९ जनाको टोली लिएर नेपाल आउन लागेका हुन् ।

काठमाण्डौको सानो गौचरणमा हुने कार्यक्रमका लागि बिहान साढे १० बजेबाट प्रवेशद्धार खुला गरिनेछ । वादशाह भने दिउँसो १ बजे मञ्चमा आउनेछन् र करिब २ घन्टा आफ्नो प्रस्तुती दिनेछन् ।

बादशाहको कार्यक्रमका लागि करिब ६५ लाख खर्च हुने आयोजकले बताएको छ । तर, वादशाहलाई कार्यक्रमका लागि नेपाल ल्याउन कती रकममा संझौता गरियो भन्ने आयोजकले खुलाउन चाहेन । नाजी इन्टरटेन्मेन्टको आयोजना तथा युहाना इन्टरनेशनल इभेन्ट्सको सह-आयोजनामा कार्यक्रम हुन लागेको हो । नाजी इन्टरटेन्मेन्टका अध्यक्ष नाजिर हुसेनले आफूहरुले भन्दा अन्य कुनै टिमले उनलाई नेपाल ल्याएको भए १ करोड बढी खर्च हुने पत्रकार सम्मेलनमा बताए ।

कार्यक्रममा प्रवेश गर्नका लागि २५ सय र १ हजारको टिकट व्यवस्था गरिएको छ । कार्यक्रमको सुरक्षाका लागि २ सय प्रहरी र १ सय सुरक्षा गार्ड परिचालित हुने आयोजकले बतायो । ‘डिजेवाले बाबु, अक्कड बक्कड बम्बे बो, लड्की होगई चुल’ जस्ता चर्चित गीतका गायक वादशाह अहिले कार्यक्रमका लागि खुबै व्यस्त छन् ।

तपाईको प्रतिक्रिया