इनरुवा चैत्र १ /इनरुवा-२ का रोहित दर्नाल चेलीबेटी बेचविखनको घटनामा संलग्नताको आरोपमा विराटनगरबाट पक्राउ परेका छन् ।
दर्नाल सहित उनकी सहकर्मी इनरुवाकै एक महिलालाई समेत मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
रेलको टिकट काटी ६ जना नेपाली चेलीलाई भारत पठाउने कार्यमा संलग्न रहेको पाइएपछि दर्नाल सहित महिलालाई पक्राउ गरी अनुसन्धान थालिएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।

जोगबनीको बाटो हुँदै कुबेत लैजान लागिएका ६ जना चेलीलाई मोरङ प्रहरीले उद्धार गरेको छ ।
काठमाडौं, चितवन, सुनसरी, संखुवासभा र उदयपुरबाट भेला पारिएका युवतीहरुलाई रेलको टिक काटेर यात्राको लागि लैजाने क्रममा भारतीय प्रहरीको सहयोगमा नेपाल–भारतको दस गजा क्षेत्रबाट उद्धार गरिएको थियो ।

तपाईको प्रतिक्रिया