CIMG9927 - Copy

३० असोज, इनरुवा/ वृहत मधेश संर्घष समिति सुनसरीले आफ्ना नेता कार्यकर्तामाथि बढ्दो प्रहरी ज्यादति प्रति आक्रोस जनाएको छ ।

मोर्चाका सदस्य सचिव सन्तोष मेहताले विज्ञप्ती जारी गरी आफुहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन थालेको भन्दै आपत्ति जनाएका हुन् । जारी विज्ञप्तीमा शुक्रवार साँझ आफुहरुको मोटरसाइकल र्यालीमा ससस्त्र प्रहरीले हस्तक्षेप गरी मोर्चा कार्यकर्तामाथि निर्घात कुटपिट गरेको आरोप लगाएको छ । त्यसैगरी शनिवार विहान दिनेश मेहतामाथि ससस्त्रकै टोलीले कुटपिट गरी घाइते बनाएको र धु्रवनारायण पण्डितलाई विना कारण पक्राउ गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । मोर्चाले प्रहरी दमन बन्द हुनुपर्ने र दोषि उपर कार्वाहीको माग गरेको छ । मोर्चाले प्रहरी ज्यादतीको आरोप लगाइरहँदा प्रहरीले भने आन्दोलनकारीहरु तोडफोडमा निस्केपछि पछिल्लो अवस्था सीर्जना हुन पुगेको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया