३ चैत्र दोलखा। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि छिट्टै राष्ट्रिय एकताको वातावरण बन्ने बताएका छन् ।मंगलबार दोखलामा हाम्रो रेडियोको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि सबैपक्ष एकताबद्ध हुनुको विकल्प नरहेकोमा जोड दिए ।

अध्यक्ष दाहालले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम द्रुतगतिमा अघि बढाउन सरकारसँग छलफल गर्ने पनि बताए ।

दाहालले लालपूर्जा नभएका दोलखाका भूकम्प प्रभावितहरुलाई आवास अनुदान नदिइएको भन्ने गुनासोबारे सम्बन्धित निकायहरुसँग छलफल गर्ने पनि बताए ।वार्षिकोत्सवमा सन्चारकर्मीहरु राजेन्द्र श्रेष्ठ र सिर्जना खड्कालाई पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया