Saugat_lukamari

३ चैत्र, काठमाडौ ।चलचित्र लुकामारीको पहिलो पोस्टर सार्वजनिक भएको छ । ‘लुकामारी’ मा अभिनेता सौगाम मल्ल ग्यास बोकि लुङ्गी र शर्ट लगाएको नयाँ लुक्समा देखिएका छन ।चलचित्रलाई  श्रीराम दाहालले निर्देशन गरेका हुन। चलचित्र लुकामारीमा अपराध मनोविज्ञान लाई हास्य शैलीमा प्रस्तुत गरिएको निर्देशक दाहालले बताए ।

दाहालका अनुसार चललित्र लुकामारी हेर्नजाने दर्शकले पुर्ण मनोरञ्जन लिने सक्ने कताएका छन् । सुरजमान सिँह भण्डारी ले निर्माण गरेको यो चलचित्र आगामी जेठ २८ बाट प्रदर्शनमा आउने छ ।चलचित्र लुकामारीमा नायक सौगात मल्ल, कर्मा, सुरविना कार्की, रिस्ता बस्नेत,विक्रम सिँह थारु,जेबी डीसी,वसन्त भट्टलगायतको, मुख्य अभिनय रहेको छ ।

लुकामारीलाई सुसन प्रजापतिले छायाँकन,कृष्ण भण्डारीको सम्पादन,विनोद खतिवडाको पटकथा तथा संवाद, अष्ट मर्हजनको द्वन्द्व निर्देशन, विकाश सिलवालले संगित दिएका छन् ।

 

तपाईको प्रतिक्रिया