Three-Star1

असोज ३०, काठमाडौं / चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै थ्रीस्टारले राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ ।शनिबार भएको लिगको अन्तिम खेलमा थ्रीस्टारले मनाङलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

उपाधिसँगै थ्रीस्टारले एक करोड जितेको छ भने मनाङ तेस्रो भएको छ र उसले २५ लाखमा चित्त बुझाएको छ । दोस्रो भएको आर्मीले ५० लाख पाएको छ । शुक्रबार पुलिसलाई पराजित गर्दै आर्मीले दोस्रो स्थान पक्का गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफ गोलसहित बराबरीमा सकिएको थियो ।तर, दोस्रो हाफको सुरुमा नै थ्रीस्टारले अग्रता लियो । जगजित श्रेष्ठको पासमा ओलावलले गोल गरे । खेलको अतिरित्त समयमा विजय धिमालले गोल गर्दै थ्रीस्टारको जित सुनिश्चित गरे ।

तपाईको प्रतिक्रिया