Chrish-Gyale-1

४ चैत्र । भारतमा जारी टी-२० विश्वकप अन्तर्गत इङ्गलल्याण्ड विरुद्धको खेलमा बुधबार वेष्ट इण्डिजलाई क्रिश गेलले करिव करिव एक्लै खेल जिताए ।गेलको नटआउट शतकीय पारीसँगै विभिन्न किर्तिमान समेत बनेका छन् । मुम्बइमा भएको खेलमा क्रिश गेलले ४७ बलमा १०० रन बनाएपछि खेल सकिन ११ बल बाँकी छँदै वेष्टइन्डिज विजयी भएको थियो ।

गेलको धुवाँदार ब्याटिङलाई धेरैले लामो समय सम्म सम्झिने निश्चित छ ।खासमा आफ्नै टिमका खेलाडीले उक्साउँदा गेल चम्किएका थिए । वेष्ट इण्डिजका लेफ्ट आर्म स्पिनर सुलेमान बेनले उक्साउँदा क्रिश गेलले धुवाँदार पारि खेलेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।क्रिजमा जानु अघि सुलेमानले गेललाई सोधेका थिए, “मित्र के तिम्रो ब्याट्ले मलाई मनोरञ्जन दिन सक्छौ?” यो प्रश्नको जवाफ गेलले मैदानबाट दिए ।

तपाईको प्रतिक्रिया