असोज १५ – अमेरिकी सेनाको विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । अफगानिस्तानको जलालाबाद विमानस्थलमा अमेरिकी सेनाको विमान दुर्घटना भएको हो । दुर्घटाको विषयमा अनुसन्धान भैरहेको अमेरिकी सेनाका प्रवक्ताले जनाएका छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा अमेरिकी सेनाका लागि काम गर्दै आएका ६ जना र अरु पाँच जना सेनालाई कामदार उपलब्ध गराउने मानिस रहेको जनाइएको छ । सेना, सेनाका लागि काम गर्ने मानिस तथा सामान ओसार पसारका लागि प्रयोग गरिने सि १३० विमान

दुर्घटना भएको हो । गएको जुलाइमा पनि अफगानिस्तानमा अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त भएको थियो । धेरै सर्वसधारण नागरिक चढेका बेला विमान दुर्घटना हुँदा त्यसबेला एक सय ४० जना भन्दा धेरैको ज्यान गएको थियो ।

यो वर्षको सुरुमा अमेरिका र अफगानिस्तानबीच अमेरिकी सेना बिस्तारै हटाउँदै लैजाने सहमति भएको थियो । सहमति अनुसार अफगानिस्तानमा अहिले पनि १० हजार अमेरिकी सेना छन् । राष्ट्रपति बाराक ओबामाले सन् २०१६ को अन्त्यसम्ममा केही सिमित सेनामात्रै अफगानिस्तानमा राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।

@ujyaaloonline.com

तपाईको प्रतिक्रिया