gair sarkari sanstha abhimukhi karan
इनरुवा चैत्र ५/गैसस महासंघ सुनसरीको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम आज इनरुवामा समपन्न भएको छ ।
गैर सरकारी संस्थाहरुको सवलीकरण हुन नसकेका कारण पारदर्शीता, जवाफदेहिता र सुशासन कायम हुन नसकेको सो कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् ।

गैर सरकारी संस्था महासंघ सुनसरीले आज आयोजना गरेको अचार संहिता तथा अधारभुत सिद्धान्त र निर्देशिकाको पालना विषयक जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले राज्य पक्ष गैर सरकारी संस्थाहरुको सवलीकरणका सवालमा गम्भिर हुन नसकेको आरोप लगाएका छन् ।

सो कार्यक्रममा गैसस महासंघले जारी गरेको निर्देशिका, अचारसंहिता, नागरीक संगठनको विकास, प्रभावकारीता, अधारभुत सिद्धान्त र कार्यसंचालन सम्बन्धि अभिमुखीकरणलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गैसस महासंघका केन्द्रिय सदस्य त्रिलोक न्यौपाने, सुनसरी जिल्ला सचिव बिनोद बिश्वकर्मा र गैसस महासंघ सुनसरीका अध्यक्ष लखनलाल साहले सहजिकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया