५ चैत्र, मुम्बई । भारतमा जारी टी–२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल निकै चासोपूर्वक हेरिएको छ ।क्रिकेटका दुई हस्ती राष्ट्र र राजनीतिक रुपमा परम्परागत दुस्मनी सबै कारणले यी दुई टोलीबीचको भिडन्त रोमान्चक हुने गर्छ ।यसपटक पनि भारतमा पाकिस्तानी टोलीमाथि आक्रमणको सम्भावना रहेको भन्दै पाकिस्तानी टोलीले भारत आउन ढिलाई गरेको थियो ।

indopak_criket

विश्वकपमा सहभागी हुन आउने पाकिस्तान सबैभन्दा पछिल्लो टोली पनि हो । भारत र आईसीसीले सुरक्षाको जिम्मा लिएपछि पाकिस्तानी टोलीको भारत भ्रमण तय भएको थियो ।यसै सन्दर्भमा भारत र पाकिस्ताबीच भोलि हुने खेल चासोपूर्वक हेरिरहेका बेला अर्को एउटा खबरले सबैको ध्यान त्यतातर्फ मोडिदिएको छ ।

एक अंग्रेजी पत्रिकामा छापिएको समाचारअनुसार यो खेलका लागि २ अर्बको बिमा गराइएको छ । तर वास्तविक राशी भने त्यो भन्दा धेरै हुनसक्ने अनुमान गरिएको छ ।यसअघि नै भारत र पाकिस्तानबीचको खेल धर्मशालामा हुने भनिएको थियो । तर प्रदेश सरकारले नै सुरक्षा दिन नसक्ने जनाएपछि कोलकत्तामा गर्ने निर्णय भएको थियो ।अब कोलकत्ताको इडेन गार्डेनमा यो खेल हुनेछ । यो खेललाई लिएर २ अर्बको बीमा गर्नुपनि अर्को रहस्यको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया