५ चैत्र, मुम्बई । टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन भारत आएका पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीमाथि विभिन्न लान्छना लगाउने क्रम चलिरहेको छ ।अफ्रिदीमाथि खेदो खनिरहेका भारतीय सञ्चारमाध्यमले विभिन्न व्यक्तिलाई प्रयोग गरेर दुव्र्यवहार गरिरहेका छन् । भारतीय नायिका अर्शी खानसँग अफ्रिदीको सम्बन्धलाई लिएर यस्ता नकारात्मक टिप्पणीहरु आइरहेका हुन् ।

कतिपय भारतीय क्रिकेटरहरु खुलेआम रुपमा नायिकाहरुसँग जोडिएका भएपनि भारतमा पाकिस्तानी क्रिकेटरको नायिकासँगको सम्बन्ध सधैं चर्चाको विषय बन्ने गरेको छ ।यसै सन्दर्भमा अर्शी खानको पेटमा अफ्रिदीको बच्चा हुर्किरहेको विषयले भारतभर हंगामा मच्चाएको थियो । अहिले तिनै अर्शीले दिएको एक अन्तरवार्ताले चर्चा पाएको छ ।arshi साहिद

अर्शीले दिएको अन्तरवार्तामा भनेको दाबीसहित भारतीय सञ्चारमाध्यमहरुले उनी बेडमा एक राम्रो प्रेमी भएको भन्दै समाचार लेखेका छन् ।अर्शीका अनुसार अफ्रिदी एक शानदार व्यक्ति र राम्रो पति भएको भन्दै उनले युवतीहरुको हरेक चाहानालाई पूरा गर्न सक्छन् ।अर्शी खानको नामको फेसबुक पेजमा शेयर भएको एउटा अन्तरवार्ताको लिंकलाई लिएर यो समाचार प्रकाशित गरेपनि यो पेजको आधिकारिता भने पुष्टि भइसकेको छैन ।अर्शीले ट्विटर र फेसबुकमा एउटा भिडियो शेयर गर्दै आफू कोलकत्तामा रहेको र शहिद अफ्रिदीको बच्चाकी हुनेवाली आमा भएको बताएकी छन् ।अफ्रिदी आफैले भने यसबारेमा मुख खोलेका छैनन् । उनी पाकिस्तानी टी–२० क्रिकेट टिमका कप्तान तथा प्रमुख खेलाडी समेत हुन् ।

 

तपाईको प्रतिक्रिया