naya sakti sunsari
चैत्र ६ इनरुवा/ नयाँ शक्ति निर्माण अभियान सुनसरीले आज सदरमुकाम इनरुवामा प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
नयाँ शक्ति सुनसरीले जिल्लाभरबाट अभियानमा सामेल भएकाहरुको भेला ठाकी प्रथम अधिवेशन सम्पन्न गरेको हो ।
सुनसरीमा ५ हजारको हाराहारीमा सदस्ययता रहेको दावी गर्ने नयाँ शक्तिले अधिवेशनबाट १ सय ५१ सदस्यीय जिल्ला परिषद गठन पकृया अघि बढाइने जनाएको छ ।
प्रदेश नम्वर १ का संयोजक राजेन्द्र किरातीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभियानको भावी रणनीतिका बारेमा चर्चा गरिएको थियो ।

naya sakti sunsari1
सो कार्यक्रममा प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडा, केन्द्रिय परिषद सदस्यहरु इन्द्रहाङ राई, उमेश थापा, मोहन तिम्सिना, जिल्ला अभियन्ता तथा कार्यक्रम संयोजक नरेन्द्र बस्नेत, इनरुवा नगर संयोजक ज्ञानदेव पण्डित लगायतकाले नयाँ शक्ति निर्माण अभियानका बारेमा धारणा राखेका थिए ।
विभिन्न पाटी परित्याग गरी दजर्नौ कार्यकता नयाँ शक्ति निर्माणको अभियानमा सहभागि भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया