17102015045810Crime-600x0

आनन्द गौतम, ताप्लेजुङ

आश्विन ३० किराँत मुलवासी स्वतन्त्र लिम्बूवान पार्टीको नाममा हतियार सहितको तालिम गर्दै आएको सशस्त्र समूहलाई प्रहरीले तितरवितर पारेको छ । सैनिक पोसाकमा हतियार सहितको तालिम गर्ने ठाउँमा आक्रमण गरी एक महिलालाई पक्राउ गरेको छ भने हतियार लगायतका सामग्री वरामद गरेको छ । आक्रमणपछि पक्राउ परेकी महिलालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार सदरमुकाम फुङलिङबाट डेढ दिनको पैदलमा रहेको इखावु ४ को जंगलमा उनीहरुको सेल्टर रहेको थियो । शुक्रबार बिहान प्रहरीले आक्रमण गर्दा महिला र पुरुष गरी नौ जना रहेका थिए । उनिहरुमध्येकी सान्थाक्रा गाविस घर भएकी ३१ वर्षिय मनकुमारी लिम्वु पक्राउ परेकी छन् । आक्रमणपछि भागेर ओडारमा लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले आफुलाई पार्टीको सास्कृतिक कार्यक्रम छ भनेर झुक्याएर लगेको र फर्कन नदिएको बयान दिएको प्रहरीले जनाएको छ । सेल्टरमा चार थान भरुवा बन्दुक, सात राउण्ड जाने कटुवा पेस्तोल एक थान, एक राउण्ड जाने पेस्तोल एक थान, म्याग्जिन गोली तीन थान तार जडित पाइप बम, किँरात मुलवासी स्वतन्त्र लिम्बूवान केन्द्रीय कार्य समितिको परिचय पत्र, दस्तावेज, सोही समुहको झण्डा, मोवाइल लगायतका सामग्री बरामद गरेको छ । कुकर बम लगायतका विस्फोटक पदार्थ भने त्यही ध्वस्त बनाएको प्रहरीले जनाएको छ । उनिहरुका मूख्य कमाण्डर इखावु ४ का हाराहाङ भन्ने देउमान लावुङ भने एक जना गार्ड सहित अघिल्लो दिन गाउमा झरेकाले आक्रमणमा परेनन् । प्रहरीले पाएको सुचना अनुसार उनको साथमा नौ राउण्ड जाने पेस्तोल र उनीसँग गएको ब्यत्ति सँग भरुवा बन्दुक एक थान रहेको छ । प्रहरीले वरामद गरेको हाराहाङको डायरीमा लडाकुहरुको बिदा स्वीकृति कार्य बिबरण लगायतका सुचनाहरु रहेका छन् । तर प्रहरीले भने यसलाई विसुद्ध अपराधिक समुह भन्दै आएको छ । प्रहरीका अनुसार विश्वम्भर तथा देउमान लिम्वु (हाराहाङ) को नाममा ज्यानमार्ने उद्योग, हातहतियार खरखजाना, विष्फोटक पदार्थ, डाँका, नागरिकता किर्ते लगायतका १० वटा मुद्धा रहेका छन् । कोइरालाले भने, ‘राजनीतिक दल हुनलाई मापदण्ड पुरा गर्नुपर्छ, दर्ता प्रकृया लगायतका कुरा हुन्छन्, यीनिहरु चन्दा आतंक मच्चाउने, डर, त्रास, धाक धम्कि दिने बिशुद्ध आपराधिक समुह हुन् ।’ उनीहरुले जिल्लामा कहिकतै ठुलै आक्रमणको योजना बनाएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । अझैपनि उनीसँग हतियार भएकाले गाउका प्रहरीमाथि आक्रमण गर्न सक्ने तर्फ सबै युनिटलाई सचेत गराइएको कोइरालाले बताए । उक्त समूहमा माओवादीका पूर्व लडाकु रहेको आशंका प्रहरीको छ । हाराहाङले भने गत बर्ष कार्तिक १६ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २ नम्वर गेट छेउमा र केहि महिनापछि मोरङको पथरी इलाका प्रहरी कार्यालय छेउमा प्रेसर कुकर बम बिस्फोट गराएका थिए । त्यो वेला सकेटबमहरु समेत जहातही फालिएको थियो । सेनाले त्यसलाई बिष्फोट गराएको थियो । त्यो वेला बिष्फोटको जिम्मा कसैले नलिएपनि पथरिमा बम विस्फोटपछि पक्राउ परेका बाट हाराहाङको नेतृत्वमा विष्फोट गराइएको रहस्य खुलेको थियो । त्यसपछि प्रहरीले उनलाई मोष्ट वाण्टेड सुचीमा राखेर खोजी गरिरहेको छ । साभार ः इकान्तिपुर

तपाईको प्रतिक्रिया