rajkumar-herry

७ चैत्र, काठमाडौं । बेलायती राजकुमार हृयारी नेपाल आइपुगेका छन् । राजकुमार ह्यारी  कतार एयरवेजबाट काठमाडौं आएका हुन् ।राजकुमार संगको भ्रमण टोलीमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर तथा बेलायती सञ्चारमाध्यमका पत्रकार गरी ३० जनाभन्दा बढी रहेका छन् । ह्यारीले  प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुका साथै आइतबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटगर्ने कार्यक्रम रहेको छ ।बेलायती राजपरिवारको १६ वर्षपछि यो पहिलो पटकको नेपाल भ्रमण हो ।

 

तपाईको प्रतिक्रिया