८ चैत्र , काठमाडौं । बैंकको लकरमा गोली भेटिएपछी पक्राउ परेका एमाओवादीका सांसद् ल्याहारक्याल लामा जिल्ला प्रशासनको आदेशमा धरौटी तिरेर छुटे लगत्तै फेरि प्रहरी हिरासतमा पुगेका छन् ।

उनि गोलीकाण्डमा छुटेपनि ठगी आरोपमा पुन: पक्राउ परेका हुन् । अख्तियारको छानविनका क्रममा लकरमा १४ थान गोली भेटिएपछि प्रहरीलाई जिम्मा लगाएको थियो । प्रहरीले ८ दिन थुनामा राखेर सार्वजनिक अपराधको मुद्धा चलाएको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार ६६ हजार ७ सय ५० रुपैयाँ धरौटी लिएर छाडेको थियो । तर, कार्यालयको गेटबाट बाहिर निस्कनासाथ वैदेशिक रोजगारीको ठगी मुद्धामा उनि पक्राउ परेका छन् ।

उनलाई प्रशासनले अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुलाई जिम्मा लगाएको जिल्ला प्रसासन कार्यालय काठमाडौँले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया