९ चैत्र, काठमाडौं । अस्ट्रेलियाले भारतमा जारी टी–२० विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।सोमबारराति भएको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ३ विकेटले पराजित गरेको हो । खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
जवाफमा १ सय ५७ रनको चुनौती अष्ट्रेलियाले ९ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो ।अष्ट्रेलियाको जितमा सुरुवाती व्याट्सम्यान उस्मान खावाजाले ५८ रन महत्वपूर्ण पारी खेले । बंगलादेशले भने लगातार दोस्रो हार व्येहोरेको छ । पहिलो खेलमा बंगलादेश पाकिस्तानसँग पराजित भएको थियो ।
विश्वकप क्रिकेटमा मंगलबार पाकिस्तान र न्युजिल्याण्ड भिड्नेछन् । लगातार दुई खेल जितेको न्युजिल्याण्ड उत्कृष्ट लयमा छ भने एक खेलमा जित तथा एक खेलमा हार भोगेको पाकिस्तानलाई आज जित्नैपर्ने दबाब छ ।