त्यस पश्चात तपाईंले आफ्नो एकाउन्ट सर्च गर्नुपर्नेछ । त्यसपछि पासवर्ड फिर्ता लिने काम सुरु गर्नुपर्छ । त्यतिबेला खुल्ने पेजमा आफ्नो पुरानो पासवर्ड हालिदिनुस् । जब गलत पासवर्डको म्यासेज आउँछ, त्यसपछि रिसेट पासवर्डको विकल्प छनोट गर्नुस् । ह्याकरले पक्कै तपाईंको इमेल पनि फेरिदियो होला, त्यसैले त्यस इमेलमा आफ्नोबारे जानकारी माग्न सक्नुहुन्न ।

त्यसपछि तपाईंको अगाडिको स्क्रिनमा लेखिएको हुन्छ, No longer have access to these ? त्यसमा क्लीक गर्नुस् । अनि आफ्नो इमेल दिनुहोस्,। जसमा फेसबेकबाट तपाईंलाई लिंक पठाइन्छ र तपाई आफ्नो पासवर्ड रिसेट गर्न सक्नुहुन्छ ।

तपाई स्क्रिनमा जे-जे गर्न भनिएको हुन्छ, त्यहि गर्नुस् । २४ घन्टाभित्र तपाईंको पासवर्ड फिर्ता हुनेछ । नयाँ पासवर्ड राख्दा त्यसको शब्द, नम्बर र स्पेसन क्यारेक्टरमा ध्यान दिनुहोस्, ताक कसैले अनुमान गर्न नसकुन् ।

 

तपाईको प्रतिक्रिया