shahid_afridi

९ चैत्र । टी–२० विश्वकपमा भारतसँग पराजित भएपछि पाकिस्तानी टिमका कप्तान शाहिद अफ्रिदीको व्यापक विरोध भइरहेको छ ।भारतविरुद्धको खेलमा उनले खेलेको ४ ओभरको सबैभन्दा बढी आलोचना भइरहेका बेला उनले त्यसबारेमा पहिलो पटक मुख खोलेका छन् ।

उनले आफूमाथिको आलोचनाको कुनै परवाह नरहेको भन्दै आफ्नो टिम सर्वश्रेष्ठ टिम भएको आफूलाई विश्वास रहेको बताएका हुन् ।उनले भनेका छन्, ‘तर म एक पटक फेरि भन्न चाहन्छु, पाकिस्तानमा जे भइरहेको छ, त्यो हुन दिउँ । म र मेरो टिमले यहाँ के गर्नुपर्छ, मलाई थाहा छ र यो सबैभन्दा महत्वपूर्ण चिज हो । बाँकी कुरा पछि सोचौंला ।’उनले आफूले यो खेल हार्दा ठूला खेलाडीहरु पनि दुःखी देखेको भन्दै केही पाकिस्तानी खेलाडीहरुले आफ्नै सामु रुदै क्रिकेटबाट सन्यास लिएको स्मरण गरे ।

आफूले पाकिस्तानका लागि लामो समयदेखि खेलिरहेको भन्दै यो नै आफ्ना लागि ठूलो सम्मानको कुरा भएको बताए । आफूबाट कुनै गल्ती भएको भए त्यसलाई सुधार गर्ने तर टिममा उत्पन्न भएको डर समाधान गर्न भने कठिन हुन सक्ने समेत उनले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया