१० चैत्र, रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका–८ स्थित लु.३ प १६९ नम्बरको मोटरसाइकलमा आएका बिष्णुपरा–८ बस्ने ३८ वर्षीय राधेश्याम बानियाँको करीब ८ तोला सुन मंगलबार लुटपाट भएको छ । मोटरसाइकलमा आएका ३ जनाले उनलाई कुटपिट गरी लुटपाट गरेका थिए । लुटेरा चढेको मोटरसाइकलका चालक कपिलबस्तु पतरिया–४ बस्ने २२ वर्षीय सलिम अन्सारीलाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया