t20 criket ban india

११ चैत्र। बेंग्लोर भारतमा जारी आईसिसि टि-ट्वान्टी विश्वकपमा बंगलादेश आयोजक भारतसगँ १ रनले पराजित भयो ।भारतले दिएको १४७ रनको लक्ष्य पछ्याएको बंगलादेशले १४५ रन मात्र बनाउन सके।अन्तिम बलमा जितका लागि २ रन चाहिएको बंगलादेशले कुनै रन बनाउन सकेन।त्यस सगैँ खेलमा भारत विजयी भयो।

भारतका यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १४६ रन बनायो।मध्यम स्कोर बनाउने क्रममा भारतका लागि शुरेस रैनाले सर्वाधिक ३० रन बनाए।

२३ बल खेलेका उनले २ छक्का र एक चौका प्रहार गरे। यस्तै विराट कोहलीले २४, शिखर धवन २३, रोहित शर्मा १८, हार्दिक पाण्डे १५, रविन्द्र जडेजा १२ रन बनाए।बंगलादेशका लागि अल अमिन होसाइन र मुस्ताफिजुर रहमानले समान २-२ विकेट लिए।बंगलादेशका लागि तामिम इकवालले ३५ , सविर रहमानले २६ रन बनाए।भारतका लागि अश्विन, रविन्द्र जडेजा र हार्दिक पाण्डेयले २-२ विकैट लिए।

Cricket - India v Bangladesh - World Twenty20 cricket tournament - Bengaluru, India, 23/03/2016. India's captain and wicketkeeper Mahendra Singh Dhoni (L) runs out Bangladesh's Mustafizur Rahman. REUTERS/Danish Siddiqui

 

तपाईको प्रतिक्रिया