mt-everest-china-google

११ चैत्र, काठमाण्डाै । नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा गुगले चीनमा देखाएको छ ।नेपालको सगरमाथालाई विश्वमा माउन्ट एभरेस्ट र चीनमा चोमोलुङ्माको नामले चिनिने गर्छ । जुन नेपाली भूमिमा रहेको कुराको प्रमाण हामीले कसैलाई दिनु आवश्यक छैन । ८ हजार ८ सय ४८ मिटरको यस हिमाल नेपालमा रहेको कुरामा कसैलाई दोमत छैन तर गुगलले भने यही नेपालमा रहेको विश्वको अग्लो चुचुरोलाई चीनमा भएको देखाएको छ । नेपालले विश्वभर गर्ब गर्न सक्ने सगरमाथा चुचुरोलाई गुगलले चीनको टिंग्री जिगेजमा देखाएको हो ।यसरी नेपाली भूमिमा रहेको सगरमाथालाई चीनमा देखाइएपछि सामाजिक संजालमा यसको विरोध भइरहेको छ । तर गुगलले यसलाई अझै सच्याएको छैन । प्रभविधिक कारण भएको भएता पनि एक साता वितिसक्दा यसलाई सच्याउनु पर्ने हो तर गुगलले त्यसतर्फ कुनै कदम चालेको छैन ।काठमाण्डु टुडेबाट

mt-everest-china-google-1

तपाईको प्रतिक्रिया