Aishwarya-Rai११ चैत्र, मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय आफ्नो कामभन्दा बढी छोरी आराध्यालाई महत्व दिन्छिन् ।आफ्नो व्यस्त तालिकाकाबीच पनि उनी आराध्यालाई विद्यालय पुर्याउन र ल्याउन कहिल्यै भुल्दिनन् ।अभिनेत्री ऐश्वर्या पछिल्लो समय चलचित्र छायांकनको तालिका पनि छोरीको सुविधालाई ध्यानमा राखेर तय गर्छिन् ।यसपटक छोरी आराध्यालाई आमाको कति चिन्ता रहेछ भन्ने अनुभूति ऐश्वर्याले गरिन् । केही समयदेखि ऐश्वर्याको स्वास्थ्य त्यति राम्रो छैन ।

त्यसैका कारण उनले आफ्नो सुटिङ भइरहेको चलचित्र ‘सरबजित’ को तालिका पर सार्नुपर्यो ।आफूलाई धेरै्र माया गर्ने आमालाई बिसन्चो भएपछि छोरी आराध्याले हालै आफ्नै हातले बनाएको ‘गेट वेल सुन’ लेखेको कार्ड दिइन्, जसलाई देखेर ऐश्वर्या राय निकै भावुक बनिन् ।

उनी भावुक पनि किन नहोउन जब कि छोरी आराध्या चार वर्षकी मात्रै छिन् । त्यति सानी छोरीले आफ्नो स्वास्थ्यलाई लिएर देखाएको चिन्ताले ऐश्वर्या निकै भावुक बनेको एजेन्सीहरुले जनाएका छन् ।ऐश्वर्या उमंग कुमारद्वारा निर्देशित फिल्म ‘सरबजित’ मा सरबजितकी बहिनी दलवीर कौरको भूमिकामा छिन् । यो चलचित्र मे १९ मा रिलिज हुनेछ ।

 

तपाईको प्रतिक्रिया