manaw bechbikhan
इनरुवा चैत्र १२/मानव वेचविखन तथा ओसारपसार विरुद्ध रणनैतिक योजना तथा वार्षिक कार्ययोजना सार्वजनिक गरिएको छ ।मानव वेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति सुनसरीले तयार पारेको ५ वर्षे रणनीतिक योजना सहितको एक वर्षे कार्ययोजना सार्वजनिक गरिएको हो ।

साझा सवालका लागि साझा मंच कोकनको संयोजन र प्लान नेपालको सहयोगमा जिल्ला मानव वेचविखन नियन्त्रण समिति सुनसरीले तयार पारेको योजना इनरुवामा सरोकारवालाहरुको उपस्थितीकावीच आज सार्वजनिक गरिएको छ ।रणनीतिक योजना तथा एक वर्षे प्रारम्भिक कार्य योजना समावेश गरी तयार पारिएको पुस्तकको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वनाथ ओझा र मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय संयोजक कोषराज न्यौपानेले सार्वजनिक गर्नुभयो ।
जिल्लाको अवस्था र आइपर्ने समस्या न्यूनिकरणलाई मध्यनजर गरी जारी गरिएको रणनीतिक योजना सुनसरी जिल्लाको सवालमा महत्वपूर्ण सावित हुने सरोकारवालाहरुको ठम्याई छ । कार्यक्रममा ग्रामिण स्तरसम्म चेतना अभिवृद्धि गराइनुका साथै सरोकारवालाहरुलाई नियमित अनुगमन र कानुन कार्यान्वयनका लागि घचघचाउने समेतको योजना समावेश गरिएको छ ।
कार्यक्रममा बोल्दै पूर्वाञ्चल क्षेत्रीय मानव अधिकार आयोगका संयोजक कोषराज न्यौपानेले सुनसरीमा तय गरिएको मानव वेचविखन तथा ओसारपसार विरुद्धको रणनैतिक योजनाले सबैको साथ र सहयोग पाउने सके पुर्वकै लागि उत्कृष्ठ कदम ठहरिने दावी गर्नु भयो ।
कार्यक्रममा सरोकारवालाहरुले योजनाको प्रभावकारीताका सन्दर्भमा सहकार्य गरी अघि बढ्न तयार रहेको प्रतिवद्धता समेत जनाएका छन् ।

तपाईको प्रतिक्रिया