sirha kabir sabha

१३ चैत्र, सिरहा, अमर पासमान।सिरहाको भलुवाहीमा आयोजना भएको सद्गुरु सन्त सम्मेलनमा हजारौं सहभागी भएका छन् । भारत समस्तीपुरका आर्चाय राजनारायण साहेब प्रमुख प्रवचनकर्ता रहेको सन्त सम्मेलनमा नेपाल र भारतका विभिन्न स्थानबाट सहभागीता जनाईएको छ । भलुवाही उच्च माध्यमिक परिसरमा शुक्रवारदेखि सुरु भएको सन्त सम्मेलन दुईदिन चल्ने भएको छ । सन्त सम्मेलनमा आचार्य राजनारायण, उमा साहेव, श्याम साहेव, देव सुन्दर साहेव, पाण्डव साहेव लगायतले प्रवचन दिने आयोजकले जनाएको छ । कविर दर्शन संसारमै भिन्न रहेको, सत्य, अहिंसा, प्रेम र एकता प्रवद्र्धनमा केन्द्रित रहेको उनका अनुयायी तथा आयोजक समितिका अध्यक्ष रामदियाल कामती बताउँछन् । समझदारी, जिम्मेवारी, इमान्दारी र बहादुरी आत्मसाथ गरी सहज र सरल जीवन जीउन उत्प्रेरित गरेको अध्यक्ष कामतीको भनाई छ । मानवीय एकता, सामाजिक समता, कुरुति विरुद्ध भण्डाफोर र प्राणीमा सद्भावको वृद्धि आजको आवश्यकता रहेको सन्त उमा साहेवले बताए । समाज विकृत भईरहँदा कविर साहेबको दर्शनलाई परिपक्कताका साथ अपनाउँदै समाजलाई सभ्य बनाउनु पर्ने जरुरी भएको उनको भनाई छ ।

 

 

sirha kabir sabha1 sirha kabir sabha3

तस्विर : अमर पासमान

तपाईको प्रतिक्रिया