cricket_generic

१३ चैत्र, विराटनगर। नेपाल राष्ट्रिय मारवाडी क्रिकेट लिग–२ विराटनगर र चितवनको नारायाणगढबाट आजदेखि एकैसाथ सुरु भएको छ ।

राष्ट्रिय मारवाडी युवा सङ्गठनको आयोजनामा सुरु भएको निर्धारित २० ओभरको सो प्रतियोगिताको आज विराटनगरको सहिद मैदानमा पूर्वाञ्चलका क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख केशरीराज घिमिरेले शुभारम्भ गरे ।

विराटनगरमा सुरु भएको सो प्रतियोगितामा ६ र रायणगढमा ६ गरी १२ वटा मारवाडी टिमको सहभागिता रहेको छ ।

विराटनगरमा आयोजित खेलमा विराट वारियर्स, विराट च्यालेन्जर्स, महालक्ष्मी विराटनगर टिमका साथै इटहरी, भद्रपुर र राजविराजको टिमको सहभाागिता रहेको छ ।

त्यस्तै नारायणगढमा आयोजित खेलमा जनकपुर, हेटौँडा, नारायणघाट, भैरहवा, नेपालगञ्ज र धनगढी टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । सो प्रतियोेगिता यही चैत २२ गतेसम्म जारी रहने छ ।

 

तपाईको प्रतिक्रिया