oli back from china

चैत्र १४, काठमाडौं । साताव्यापी चीन भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।उनी सवार हिमालयन एयरलाइन्सको विमान केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । जम्बो टोलि लिएर चैत ७ गते चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका थिए । चीन र नेपालबीच भ्रमणका क्रममा १५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।

उनले चीनको विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण गरेका थिए । चीनमा रहँदा ओलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए ।

 

तपाईको प्रतिक्रिया