resling-in-Nepal

१४ चैत्र, काठमाडौं । रेस्लिंग मन पर्नेहरुलाई खुसीको खबर छ, नेपालमै अन्तराष्ट्रिय रेस्लिङ हुने भएको छ । उक्त रेस्लिंगमा १३ देशले भाग लिनेछन । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा वैशाख ४ गते काठमाडौंको दशरथ रंगशालामा ‘इन्टरनेशनल रेस्लिङ टुर्नामेन्ट–२०१६’ हुने भएको हो ।

अन्तर्राष्ट्रिय स्तरको यति ठूलो प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो । खेलमा नेपालका ६ र अन्य देशका १५ गरी २१ व्यवसायिक रेस्लर प्रतियोगीहरुको सहभागिता रहने छ । प्रतियोगितामा हङकङका बिटम्यान, अमेरिकाका बुफा, ताइवानका दीतानी, चीनका चेन जियाङ, न्युजिल्यान्डका जेम्स राइदीम, जापानका कामिकाजे, बेलायतका सिनगुइनेस र सिंगापुरका दी युरासियन ड्रागनले सहभागिता जनाउने निश्चित भइसकेको छ । नेपालबाट प्रतियोगितामा मिस्टर कोजु, कोब्रा र नुवाकोटे टाइगरले सहभागिता जनाउने छन् । अन्य तीन देशका खेलाडीको दर्ता प्रक्रियामा छ ।

नेपाल रिङ रेस्लिङ संघका अनुसार उक्त खेल आयोजनामा करिब १ करोड १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । प्रतियोगितामा करिब १५ हजार दर्शक रहने आयोजनकको अपेक्षा रहेको र प्रतियोगिताको अवलोकन सशुल्क हुने छ। टिकट दर ३ सय, ५ सय र १ हजार रहने छ ।

तपाईको प्रतिक्रिया