CIMG9938

१ कार्तिक,इनरुवा

अमर काफ्ले / दुई महिनायता जारी मधेश केन्द्रित आन्दोलनप्रति सरकार गम्भिर नभएको प्रति मधेशी वुद्धिजीविहरुले आपत्ति जनाएका छन् ।मधेशी समूदायको हक अधिकार प्रत्याभुतिका लागि जारी आन्दोलनलाई सरकारी पक्ष्यले गम्भिरताका साथ नलिएकै कारण पछिल्लो समय मुलुकको परिस्थिती असहज बन्दै गएको उनिहरुको तर्क छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज आधा दर्जन बढी मधेशवादी शिक्षक संघ, संगठनले संयुक्त रुपमा आयोजना गरेको मधेश आन्दोलन र सरकारको दृष्टिकोण विषयक विचार गोष्ठीमा सहभागिहरुले संविधानमा मधेशी समूदायमाथिको विभेदलाई सिङ्गो मधेश र मधेशी जनता प्रतिको अपहेलनाको संज्ञा दिए ।सबै पक्ष्यलाई समेटेर लैजानुपर्नेमा सरकारले मधेशी समूदाय प्रति उपेक्षा गरेकोमा आपत्ति जनाएका मधेशी शिक्षक तथा मधेश मुद्धाका जानकारहरुले अझपनि संविधान संसोधन गरी आन्दोलनका जायज माग सम्बोधन गरिनुपर्ने धारणा राखे ।

मधेशी शिक्षक फोरम सुनसरीका अध्यक्ष उपेन्द्र यादवको सभापतित्वमा आयोजित कार्यक्रममा सुनसरी क्याम्पसका पूर्व प्रमुख जयप्रकाश प्रसाद गुप्ता, वुद्धिजीवि डम्बर खतिवडा, जानकारहरु रामप्रसाद मेहता, डा. सिएन पाठक, भगिरथ खत्वे लगायतकाले मधेश आन्दोलन र सरकारको दृष्टिकोणका बारेमा धारणा राखेका थिए ।कार्यक्रमका सहभागी मधेशी नेताहरुले आन्दोलन जारी रहँदा स्वयं मधेशवादी शिर्षस्थ नेताहरु सत्ता लिप्साको खेलमा लागेका प्रति आक्रोस समेत पोखेका थिए । कार्यक्रममा शिक्षक श्यामप्रसाद साहले वर्षौदेखि मधेशी समूदाय सरकारी सेवा सुविधा लगायतबाट उपेक्षित बन्दै आउनु परेको र अबभने चुप लागेर बस्न नहुने आषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया