sinchai mantri umesh yadav

१५ चैत्र, महोत्तरी। सिंचाइ मन्त्री उमेश कुमार यादवले सिचाईसँग सम्बन्धित सूचना तथा जानकारी मैथिली भाषामा प्रकाशन तथा प्रसारण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।महोत्तरी जिल्ला सिचाई डिभिजन कार्यालय तथा त्यस मातहतका कार्यालय अनुगमन गर्ने क्रममा त्यस्तो निर्देशन दिएका हुन् । सिंचाई कार्यालयबाट के के सुविधा पाईन्छ ? माग फारम तथा अन्य फारमहरू कहाँ पाईन्छ ? भन्ने कुराको समेत जानकारी नभएकाले बुझ्ने भाषामा सूचना प्रकाशन गर्न उनले निर्देशन दिएका छन् ।‘टाढा गाउँमा बस्ने किसानहरू एउटा फारमकै लागि कार्यालय धाउनु पर्छ, त्यो राम्रो होइन, उनले भने ‘गाविस कार्यालय, पुस्तक पसलहरूमा पनि फारम पाउने व्यवस्था गर्नुस्, माग फारमहरू सहज रूपमा पाउनु पर्छ ।
मन्त्री यादवले सभासद्मा निर्वाचित भएपछि मधेशको पम्परागत पोशाकमा मैथिलीमा सपथग्रहण गरेका थिए । उनकै विशेष पहलमा एकिकृत नेकपा माओवादी जिल्ला कार्य समिति सप्तरीले मैथिली भाषामै आफ्ना सम्पूर्ण कामकाज गर्ने घोषणा एक वर्ष अघि गरेको थियो ।न्युजटुडेबाट

तपाईको प्रतिक्रिया