birat kohli-anushka

१६ चैत्र। बलिवुडमा धुम मचाएकी चर्चित अभिनेत्री अनुष्का शर्मा र चर्चित क्रिकेटर विराट कोहलीको सम्वन्ध अब पक्का हुने भएको छ । उनीहरु एक अर्कालाई खुबै मन पराउँछन् । अनुष्का र कोहली बीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदैआएको छ । यद्यपी पछिल्लो केही समय यता उनीहरु बीचको सम्वन्ध चिसिँदै गएको थियो ।
उनीहरु बीचको सम्बन्ध चिसिनुका कारण के होला भने कुरा आम कलाप्रेमीहरुलाई जिज्ञासा उठ्नु स्वाभाविकै हो । असन्तुष्टिको कारण थियो अनुष्काले अभिनय गरेको फिल्म ‘बाम्बे वेलवेट’ फ्लप हुनु । यद्यपी चिसिँदै गएको सम्बन्ध भने फेरी गहिरिँदैगएको ‘पञ्जाव केसरी’मा उल्लेख छ । पाकिस्तानसँग भारतको जीत पश्चात उनीहरु बीच चाँडै वैवाहिक बन्धनमा बाँधिने चर्चा चलेको छ।पाकिस्तानसँग भारतको जीत पश्चात अनुष्काले विराट कोहलीलाई मैसेज पठाएर बधाइ दिएकी थिईन् । त्यसपछि उनीहरु बीच बढेको मनमुटाव घट्दै सम्वन्ध गहिरिँदै गएको छ ।

अनुष्का र कोहलीको सम्वन्धको विषयमा अनुष्काकी हजुरआमाले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भनिन् ‘अनुष्का र विराट आजदेखि होइन, एक–अर्कालाई चिन्ने गर्छन्,उनी राम्रो केटा हुन्, उनलाई सबैले सम्मान गर्छन् । अनुष्काकी हजुरआमाले अनुष्का बाल्यकालमै पनि विराट कोहलीसँ क्रिकेट खेल्ने गरेको खुलासा गरिन् । उनले अगाडि भनिन् ‘मैले जे सुनेको छु, यदी सही हो भने अनष्का विराट बीचको सम्वन्धप्रति हाम्रो कुनै आपत्ति छैन ।’ एक–अर्का बीचको प्रेम सम्वन्ध र पारिवारिक सहमतीलाई विष्लेशन गर्दा उनीहरु अब वैवाहिक बन्धनमा बाँधिने पक्का भएको छ ।

तपाईको प्रतिक्रिया