surkshit baideshik rojgari
चैत्र १७ इनरुवा / वैदेशिक रोजगारीमा भोग्नु परेको समस्या अवगत गराउने उद्येश्यले इनरुवामा आप्रवासी कामदारहरुको दुई दिने भेला डाकिएको छ ।सुरक्षित आप्रवासन सामी परियोजना अन्र्तगत आप्रवासी कामदार तथा परिवारका सदस्यहरुको उपस्थितीकावीच समस्या र बैदेशिक रोजगारीका क्रममा आइपर्ने समस्या र चुनौतिका बारेमा अभिमुखिकरण थालिएको हो ।
दुई दिन सम्मे चल्ने कार्यक्रममा विदेशबाट फर्किएका ४१ जना आप्रवासन कामदार तथा कामदारका परिवारहरुको उपस्थिती रहेको छ ।
कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका कामदारहरुले रोजगारीका क्रममा विदेशी कम्पनीका साथै नेपाली म्यानपावर र एजेण्टहरुबाट खेप्नु परेको पीडाका बारे दुखेसो पोखेका थिए ।सहभागिहरुलाई सामी परियोजना केन्द्रिय संयोजक विजय ठाकुर र जिल्ला परियोजना अधिकृत कोपिला दाहालले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले सुरक्षित आप्रवासनका लागि सवैको सहकार्य र समन्वयको खाँचो औल्याउनु भयो ।देशका १८ जिल्लामा लागु रहेको सामी परियोजना अन्र्तगत सुनसरीमा आरएसडिसी र सिएसडिसीले कार्यक्रम संचालन गर्दै आएको छ ।सुनसरीमा कार्यक्रम लागु भएयता परियोजनाले आप्रवासन सम्वन्धी १०४ वटा मुद्धामा पीडित परिवारले पाउनुपर्ने ७६ लाख बढी रकम फिर्ता गराउन सफल देखिएको छ ।आयोजकले कार्यक्रमबाट गठित हुने आप्रवासी हकहीत संरक्षण केन्दले सुरक्षित रोजगारीका सवालमा काम गर्नेछ ।

तपाईको प्रतिक्रिया