२० चैत्र, सिरहा। सगरमाथा म्याजिक माइक्रो भयान यतायात व्यवसायी संघ सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामा प्रमुख जिल्ला अधिकारी विजय नारायण मानान्धरलाई बिहिबार ज्ञापन पत्र बुझाइएको छ ।

सिरहामा म्याजिक व्यवसायीहरुको समस्या समाधान तथा म्याजिक स्टेण्ड निर्माण गर्न भन्दै ज्ञापन पत्र बुझाएको छ । वस व्यवसायीहरुले म्याजिकमा सवार रहेको यात्रुहरुलाई जवर्जस्ती वल प्रयोग गरेर म्याजिक बाट झारी बसमा चढाउन लगाएको, सिरहा नगरपालिकामा म्याजिक स्टेनको व्यवस्था गर्न, सेन्डिकेन्ड व्यवस्था खारिज सम्बन्धमा विषेश पहल हुनुपर्ने लगायतका माग गर्दै वोधार्थमा ज्ञापन पत्र जिल्ला प्रहरी कार्यालय सिरहा र सिरहा नगरपालिकालाई समेत पठाईएको म्याजिक व्यवसायी सुर्यकान्त यादवले अपन दैनिकलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया