२० चैत्र, मुम्बाई । चर्चित भारतीय सिरियल ‘बालिका बधु’ की ‘आनन्दी’ अथात् प्रत्युषा बेनर्जी शुक्रबार आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन् । धेरैले यसलाई आत्महत्या भने पनि प्रहरीले यो हत्या हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको छ । जब शुक्रबार उनको मृत्युको खबर फैलियो धेरैले यसलाई अप्रिल फुल माने । सामाजिक सञ्जालमा त यो समाचार अप्रिल फुल भनेर ट्रेन्ड नै चल्यो । तर, त्यो कुनै मजाक नभएर सत्यता थियो । प्रत्युसाले शुक्रबार साँझ ४ देखि ५ बजेको बीचमा अत्महत्या गरेको बताइएको छ । घटनाको १२ घण्टापछि प्रहरीले प्रत्युषाको प्रेमी राहुल राज सिंहलई बयानका लागि बोलाएको छ । प्रत्युषाको मुत्युपछि अस्पतालमा उनी गायब रहेका कारण धेरैले उनीमाथि प्रश्न सोझ्याएका थिए । ‘म निकै डराएको थिए । त्यही भएर प्रहरीलाई खबर गरिन,’ उनले भनेका छन् । राहुलका अनुसार पछिल्लो समय उनी डिप्रेसनमा रहेको र केही समयअघि दुवैबीच झगडा हुँदा कुदिरहेको कारबाट हामफाल्न समेत खोजेकी थिइन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बलाहामा खुल्यो सांगीतिक कला केन्द्र
इनरुवाको बलाहामा सांगीतिक कला केन्द्र खुलेको छ । बहुभाषिक, सांस्कृतिक राष्ट्रिय अभियान अन्र्तगत संचालनमा रहने गरी बलाहाम...
हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि
हाँस्यकलाकार मनोज गजुरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको सामाजिक सञ्ज...
उपचारका क्रममा कुवेतका राजा शेख शबाजको निधन
कुवेत / कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर...
संविधान दिवसको अवसरमा पुरस्कार वितरण
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा आयोजित जितिया बिशेष साँस्कृतिक कार्यक्रममा प्रथम, द्धितिय र तृति...
हरिनगरमा जितिया बिशेष साँस्कृतिक कार्यक्रम
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा जितिया बिशेष साँस्कृतिक कार्यक्रम बिहिवार हुदैछ । मैथिली समुदायक...
बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ
बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको छ। न्युज एजेन्सी एएनआईले नार्कोटिक्...