२४ चैत्र, विनोद यादव, सप्तरी। मागेजति दाईजो नदिएको भन्दै सप्तरीमा सुत्केरी बुहारीको हत्या गरेको रहस्यमय घटना सार्वजनिक भएको छ । सप्तरीको राजविराज नगरपालिका ७ निवासी २० वर्षिया सरस्वती देवी मेहतरलाई दाईजोको कारण ससुरा पक्षले चार दिनअघि जलाएर मारेको घटना सार्वजनिक भएको हो । मृतक सरस्वती १७ दिन अगाडी छोरालाई जन्म दिएकी थिईन् । बिहेको बेला दाईजो उपलब्ध गराएपनि पछि आएर थप २० हजार रुपैयाँ ससुरा पक्षले माग्दै आएको र आफूहरुले दिन नसकेपछि छोरीलाई गत शनिबार दिउँसो मट्टीतेल छर्केर हत्या गरिदिएको सरस्वतीका माईती पक्षको दाबी रहेको छ । भारतको बिहार राज्यको दरभंगास्थित नौवागढी बेला माईत भएकी सरस्वतीका बुबा अरुण रामले दाईजो कै कारण छोरी हत्या भएको दाबी ओयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । चार दिनअघि दिउँसोको समयमा भर्खर जन्मिएका बच्चा सुतिरहेको बेला पति, ससुरा, सास र नन्द मिलेर छोरीको हातखुट्टा बाँधेर मट्टीतेल छर्किदैं आगो लगाएर हत्या गरिदिएको सरस्वतीका बुवा अरुणले जानकारी दिए । करिब ११ महिना अगाडी सरस्वतीको राजविराज ७ निवासी करण मेहतरसँग सामाजिक परम्पर अनुसार मागी विवाह भएको थियो । सरस्वतीको शंकास्पद मृत्युपछि उनका १७ दिने छोरालाई यतिबेला आमा–बुवाले सम्हालिरहेका छन् । डेढ महिनाअघि सरस्वती आफ्नो माइती दरभंगा गएको बेला पती, सासु, ससुरा सबैले २० हजार रुँपैया माग गरिरहेको र पटक–पटक शारिरिक मानसिक यातनासमेत दिएको बारे खबर आफ्ना बुवा–आमासित राखेकी थिईन् । तर, आफूहरु दैनिक मिहिनेत मजदुरी गर्ने मान्छेलाई भनेको बेला पैसा उपलब्ध नभएको कारण छोरीलाई नपठाउँदा ज्यानै गुमाउनुपरेको दुःखेसो मृतकका बुवा अरुणले गरे । ‘छोरीको बिहे गर्न दहेजसहित तीन लाख नेपाली रुपैयाँ खर्च भएको थियो’, पत्रकार सम्मेलनमा मृतक सरस्वतीका आमा–बुवाले भने, ‘हामी मिहिनेत मजदुरीबाट दुई छाक टार्ने गरेका छौं, छोरीले पैसा मागेकाबारे जानकारी गराएपनि तत्काल उपलब्ध नभएकाले दिन सकेन, तर घरकालागि प्रयोग हुने सामग्री खरीद गरेर पठाईदिए, हामीलाई के थाहा कि पैसा नदिए छोरीलाई ज्यान नै गुमाउनुपर्छ भनेर ?’ यता मृतककी आमा मन्जु देवीले छोरीको हत्या ज्वाई, सम्धीसबै मिलेर गरेको भनि जाहेरी नेपाल प्रहरीलाई दिन जाँदा नलिएको बताईने । पछिल्लो चार दिनदेखी आफूहरु न्यायकालागि हारगुहार गर्दा समेत कसैले कुनै सहयोग नगरेको भन्दै सम्बन्धित सबैसित न्यायकालागि पहल गरिदिन मृतककी आमा–बुवाले अपिलसमेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म हत्या भएको वा आत्महत्या भएको भनि एकिनकासाथ भन्न नसकिने जनाए । ‘हामीले घटनाको अनुसन्धान गरिरहेका छौं’, सप्तरीका एसपी भीमबहादुर ढकालले बताए, ‘सिधै कसैलाई पक्राउ गर्न सकिंदैन, अनुसन्धानको क्रममा दोषी ठहरिनेलाई हामी कारबाही गर्छौं ढकालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...
इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रे...
सुनसरीमा आम हड्तालको आशिंक प्रभाव
सुनसरीमा नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको आम हड्तालको आशिंक प्रभाव देखिएको छ । सडकमा चल्ने लामो दुरीका सवारी र ...
इनरुवाबाट अढाई क्विन्टल गाँजा बरामद
सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँ...
आफू विरूद्धकाे अविश्वासकाे प्रस्ताव सफल नहुने मुख्यमन्त्रीकाे ठोकुवा
नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री ...
इनरुवामा ठाकुर समाजको प्रथम जिल्ला अधिवेशन
नेपाल ठाकुर समाज जिल्ला कार्य समिति सुनसरीको प्रथम जिल्ला अधिवेशन इनरुवामा हुन गईरहेको छ । नेपाल ठाकुर समाज जिल्ला कार्य...