२४ चैत्र, जनकपुरधाम  । धनुषा जिल्लाको झोजी कटैया वडा नं. ६ मा मंगलवार अबेर राती भएको भिषण आगलागी भएको छ । आगलागीबाट हार्डवेयर व्यवसायी शिवु साहको तीन तल्ले घर र पसल क्षतिग्रस्त भएको बताइएको छ । आगलागीको कारण खुल्न नसके पनि पसलमा रहेको पेट्रोलबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट करिब ८० लाख बराबरको धनमाल जलेर नष्ट हुनुको साथै घरमै बाँधिएका खसी पनि जलेको प्रहरीले जनाएको छ । हार्डवेयरको पसलमा रड, सिमेन्ट, एलिवेस्टर लगायत अन्य वेसकिमती सर समानहरु रहको थियो ।

तपाईको प्रतिक्रिया