डा. प्रकाश बुढाथोकी
डा. प्रकाश बुढाथोकी

मुखको क्यान्सर भनेको मुखका अंग, तन्तुको कोषको अस्वाभाविक र अनियन्त्रित वृद्धि हो । हटाउँदा पनि कुनै कोषको आकारप्रकारमा वृद्धि भइरह्यो र घाउ खटिरा २/३ हप्तासम्म पनि निको भएन भने मुखको क्यान्सर हो कि भनी शंकाको घेरामा राखेर तुरुन्त विशेषज्ञ सेवा लिनुपर्दछ । क्यान्सर एउटा रोगमात्र नभई, रोगहरुको समूह हो ।  यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग होइन तर एउटै व्यक्तिमा एक ठाउँबाट अर्को ठाउँमा, एक अंगबाट अर्को अंगमा भने सर्न सक्छ ।

सम्भाव्य कारण

१.    सुर्तीजन्य पदार्थ

मुखको क्यान्सर भएका नब्बे प्रतिशतभन्दा बढी बिरामीले सुर्तीजन्य पदार्थको सेवन गरेको पाइन्छ । यस्ता वस्तुको सेवन बन्द गर्नाले मुख क्यान्सर हुने सम्भावना घट्छ । मुखको स्वास्थ्य र क्यान्सरका लागि जुनसुकै प्रकार र रूपको धुमपानको प्रयोग पनि हानिकारक हुन्छ । तर तुलनात्मक रूपमा धुँवाको रूपमा प्रयोग गरिने सुर्तीभन्दा धुवा“रहित रूपको सुर्ती चाहे त्यो चपाएर खाने सुर्ती होस् वा मुखमा राखी रस लिने वा मञ्जनको रूपमा प्रयोग गरिने सुर्ती, बढी हानीकारक देखिन्छ । शहर बजारका महिलाले धुवारहित सुर्तिको सेवन गरेको अस्पताल, चिकित्सालय र विभिन्न स्वास्थ्य शिविरमा दाँत एवं मुखको परीक्षण गर्दा फेला परेको छ । त्यसैले विश्वमै सर्वाधिक धुम्रपान गर्ने महिला नेपालकै हुन् । सुर्ति र पान दुबै खानेमा मुखको क्यान्सर २० देखि ३० गुना बढी देखिन्छ ।

बिश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीमा ४००० किसिमका रसायन र ४५ वटा क्यान्सर बनाउन सक्ने तत्व हुन्छन् । धुमपानबाट २५ किसिमका विभिन्न रोग प्रत्यक्ष रूपले लाग्छन् । करिब आधा क्यान्सर नै लाग्ने गर्दछ भने टाउकोको रौंदेखि लिएर खुट्टाको पाईंतालासम्मका सबै कोष, अंग र तन्तुलाई नोक्सान पु¥याउँछ ।

२.    मद्यपान

आधुनिक समाजमा रक्सीको सेवन चर्को देखिन्छ । अल्कोहल, बियर, रम, जीन, ह्व्स्किी, टुकुचे, झ्वाइखट्टे, तीनपाने, लोकल, ब्राण्डी, भोड्काजस्ता र वाइन जुनसुकै प्रकारको र मात्राको सेवन गर्दा पनि मुखको क्यान्सर हुन सक्छ । मद्यपान गर्दा सुर्तीजन्य पदार्थ र धुम्रपानको पनि सेवन हुने गरेको प्रशस्तै भेटिन्छ । अनुसन्धानले के देखाएको छ भने सुर्ती र रक्सी संगसंगैसेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुनाले बढ्ने गर्दछ ।

३.    संक्रमण

इप्सटन वार, साइटोमेगालो इन्क्लुजन, हप्स सिम्प्लेक्स, एचआइभी, भेरीसेलाजुस्टर भाइरस, ह्युमन प्यापीलोमा र क्यान्डीडाको संक्रमणले पनि मुखको क्यान्सर निम्त्याउँछ ।  हाल बढ्दो म¬खमैथ¬नले गर्दा य¬वामा म¬खको क्यान्सर बढी रहेको छ । ओरल सेक्स गर्दा म¬खमा क्यान्सर बनाउन सक्ने प्यापीलोमा भाईरस तीब्र गतिले सर्ने र बढ्ने द¬वै हुन्छ ।

४.    पोषणको कमी

फलाम, जस्ता, तामा र म्यागनीज खनिज पदार्थको कमीले तन्तुलाई एन्टी अक्सीडेन्ट तत्वको कमि र ट्युमर इन्हान्सीङ फ्री रेडिकलको उत्पादनमा वृद्धि गरि र भिटामिन ए, ई र सीको कमीले एमाइनबाट नाईट्रस एमाईनमा बदल्ने क्रम बढाई मुखको क्यान्सर हुन्छ ।

५.    सुपारी

हिन्दु धर्म तथा बौद्ध धर्मअनुसार धार्मिक महत्व राख्ने सुपारीको सेवनले मुख खोल्न नसक्ने र मुखमा घाउ खटीरा आउने अवस्था ओरल सवम्युकस फाइब्रोसीस हुने गर्दछ । त्यति हु“दा पनि सुपारी सेवन नरोके मुखको क्यान्सर बनाउने गर्दछ ।

६.    चोटपटक, दीर्घकालीन घर्षण

तिखिला दात, नमिलेका तथा भा“चिएका दा“त, फोहोर मुख आदिका कारण र कम तेल भएको खाना, ज्यादै मसलादार, तातो खाना, रातो खुर्सानी तथा धेरै नुन लगातार लामो समयसम्म प्रयोग गर्दा मुखको क्यान्सर हुन सक्छ ।

७.  सूर्यको प्रकाश र एक्स–रे

अल्ट्राभाइलेट, आयोनाइजिङ विकीरण र एक्स–रेले पनि प्रायः तल्लो ओठको क्यान्सर गराउन सक्छ । सूर्यको प्रकाशले छाला र ओठको क्यान्सर गराउँछ । यो क्यान्सर घरबाहिर काम गर्ने, गोरो वर्णका पुरुषमा, अप्रशोधित लिपस्टिक, लिप लाईनर आदि प्रयोग गर्नेमा बढी देखिने गर्दछ ।

दुई प्रतिशतभन्दा कम मुखको क्यान्सर आनुवंशिक तथा वंशानुगत रूपमा परिवारमा पनि भएको देखिन्छ । मुखको क्यान्सर रक्त समूह ‘ए’ भएकामा बढी र ‘इ’ भएकामा न्यून देखिन्छ । त्यसैगरी ४५ वर्षभन्दा बढी उमेरकामा ९५ प्रतिशत देखिएकाले उमेरलाई पनि मुख क्यान्सरको कारण मान्न सकिन्छ । तर नियमित फलफूल र सागपातको बढी सेवनले मुख क्यान्सरको सम्भावना घटाउन सकिन्छ ।

लक्षण तथा चिन्ह

मुखको क्यान्सरको लक्षण यही हो भने किटान गर्न सकिदैंन । तर, सामान्यतः पुरुषमा ५०–६९ वर्षको उमेर तथा महिलामा ४०–४९ वर्षको उमेरमा बढी देखिन्छ । त्यसैगरी महिलाको तुलनामा पुरुषमा ४ गुनाले बढी तथा गाउँका बासिन्दाभन्दा शहरियामा ६ गुनाले बढी देखिएको छ । सबैभन्दा बढी जिब्रोको, त्यसपछि गिजा, गाला, जिब्रो मुनीको भाग आदिमा क्यान्सर देखिने गरेको छ । यादव, महतो, तामाङ, गुरुङ र नेवारमा बढी क्यान्सर देखिएको पाइएको छ । स्मरणीय के छ भने क्यान्सरले कुनै पनि जात, धर्म, उमेर, वंश, लिंग र  ठाउँका व्यक्तिलाई छाड्दैन ।

—    मुखमा रातो खैरो, सेतो वा मिश्रित दाग, धव्वा वा पत्र देखिन्छ जुन दल्दा जाँदैन ।

—    नदुख्ने वा दुख्ने घाउखटिरा वा सुजन २–३ हप्तासम्म उपचार गर्दा पनि निको हुँदैन ।

—    मसलादार खाना खाँदा पोल्छ, छाम्दा सारो हुन्छ र दुर्गन्ध आउछ ।

—    घाउखटिरा वा सुजनको आकार बढ्दै जान्छ ।

—    ¥याल बढी आउछ ।

—     दाँत बिना कारण झर्छन् ।

—    स्वाद फरक पर्छ ।

—    खान, निल्न, पिउन अप्ठेरो हुन्छ ।

त्यसपछि…

—    घाउ, खटिरा, तलको तन्तुसंग टाँसिन्छ ।

—    लामो समयसम्म निल्न गाह्रो हुन्छ ।

— जिब्रो जाम भई चलाउन मिल्दैन ।

— जिब्रो, मुख सुन्निन्छ ।

—    सुन्निएको गाठो घाउ वा पत्र वा फिसर र फोल्डको रूपमा आउँछ ।

—    अस्वाभाविक रक्तश्राव हुन्छ ।

—    घाउखटिरा वरीपरी बाक्लो र मोटो हुन्छ ।

—    घाँटीमा गिर्खा देखापर्छन् ।

क्यान्सर लागिसकेपछि ब्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पता हुने, प्यारानियोब्लस्टीक सिन्ड्रोम हुदै सिकिस्त हुन्छ र मृत्यु हुन्छ ।

माथि भनिएका लक्षण तथा चिन्हले मुखको क्यान्सर भएको शंका उत्पन्न गरेपनि निदान भने उक्त घाउखटीरा वा सुजनबाट लिएको मासु/श्रावद्वारा नै गर्ने गरिन्छ जसलाई हामी बायोप्सी भन्ने गर्छौ ।स्वास्थ्यपत्रिकाबाट

 

तपाईको प्रतिक्रिया