Inaruwa mntri (1)
२ कात्तिक इनरुवा /अमर/
राप्रपा नेपालबाट विना विभागिय मंत्रि बन्न पुगेका रामकुमार सुब्बालाई आज इनरुवामा स्वागत तथा सम्मान गरिएको छ ।
इटहरीका बासिन्दा मंत्री सुब्बालाई राप्रपा नेपाल जिल्ला कार्य समिति सुनसरीले सदरमुकाम इनरुवामा सम्मान गरेको हो ।
मंत्री बनेपछि पहिलो पटक सदरमुकाम पुगेका मंत्री सुब्बालाई जिल्ला अध्यक्ष प्रेमप्रसाद भट्रराई सहित जिल्ला कार्यसमितिले स्वागत तथा सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै मंत्री सुब्बाले वर्तमान सरकारको प्रमुख दायित्व पछिल्लो समय मुलुकमा सीर्जित असहज परिस्थिती र असन्तुष्ट आन्दोलनरत पक्ष्यलाई सहमतिमा ल्याउनु रहेको बताउनु भयो । वहाँले सवै पक्ष्यलाई समेटेर अघि बढ्ने प्रयास जारी रहेको भन्दै केहिदिन भित्रमा सहमति नजिक पुगिने समेत जानकारी गराउनुभयो ।
कार्यक्रमका सहभागि अन्य नेताहरुले पार्टीलाई ससक्त र मजबुत बनाउन पहल थालिनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया