aaglagi kapilbastu

२६ चैत्र, कपिलवस्तु। कपिलवस्तुको कुशहवा गाविसको कुशहवामा शुक्रबार भीषण आगलागी भएको छ । आगलागीबाट कम्तीमा १२५ घर जलेर नष्ट भएको छ । दिउँसो करिब साढे एक बजे भएको आगलागीका कारण १२५ घर जलेर करिब एक करोड बराबर धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

आगलागीमा परेर एक जना घाइते भएका हुन् । त्यस्तै, तीन ओटा बाख्रा जलेर मरेको वताइएको छ । आगो नियन्त्रण गर्नको लागि स्थानीय समुदाय , प्रहरी तथा दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण तथा पूर्ण क्षतिको विवरण आउन बाकी रहेको छ ।त्यस्तै जिल्लाको बाणगंगा नगरपालिको मधौलीमा शुक्रबार दिउँसो भएको आगलागीका कारण तीन घर जलेर नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया