old_man_beaten_jhagdaइटहरी / मोरङको केराबारी १ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका मेनेजर ४० वर्षीया अविन श्रेष्ठमाथि बिहीबार राति आक्रमण भएको छ ।मोरङको कोसीहरैंचा नगरपालिका १ का ३५ वर्षीय आशीष गुरुङले बियर खाने गिलासले राति ८ः३० बजे बिराटनगर ६ घर भएका बैंक मेनेजर श्रेष्ठमाथि आक्रमण गरेको  छ । आशीष मोरङको निर्वाचन क्षेत्र नं ८ का एमालेका प्रत्यक्षतर्फका सभासदु चन्दूबहादुर गुरुङका छोरा हुन् ।

केराबारी २ मा रहेको खाजा घरमा खाना खाइरहेको अवस्थामा आक्रमण हुँदा श्रेष्ठको टाउको र दायाँ कन्चट फुटेको छ । उनको विराटनगरमा उपचार भइरहेको छ ।आजको अन्नपूर्ण पाेष्टमा खबर छ ।

तपाईको प्रतिक्रिया