rikky
२ कात्तिक इनरुवा, अमर काफ्ले /
विगतका वर्षको तुलनामा यसपालिको दशैं सबैजसोका लागि कम उल्लासमय छ । लगातारको लामो बन्द सँगै भारतको अघोषित नाकाबन्दीले त झन सर्वसाधारणको दशैंको दैनिकीनै प्रभावित तुल्याएको छ ।
अघिल्लो वर्ष दशैं आउन महिना दिन बाँकी हुँदै भिडभाड हुने इनरुवा बजार यसपालि भने लगातार २ महिने लामो बन्दका कारण उक्सन सकेको छैन् ।
भारतको अघोषित नाकाबन्दी अनि लामो समययता सवारीका साधन संचालनमा आउन नसक्दा बजारमा उपभोग्य लगायतका सरसामानहरुको पर्याप्तता हुन सकेको छैन् । सामान भित्रयाउन नसकेका व्यापारीहरु यसपालिको दशैंमा चिन्तामा डुबेका छन् । सीमित र पुरानै स्टोकका सामानहरु समेत रितिएकाले स्थानीय व्यापारीहरुलाई थप चिन्ता बढाएको छ ।
जसोतसो ल्याएका दशैं लक्षित सामानको मोल समेत बढेको अवस्थामा ग्राहकले सहजै किन्न आनाकानी गर्दा अधिकांशको कारोवार शुन्य सरह समेत देखिने गरेको छ । बन्दका कारण सर्वसाधारणहरु खुलेर अझै बजार सम्म पुग्न सकिरहेका छैनन् । स्थानीय व्यापारीहरु लुगाफाटा लगायतका अन्य दैनिक उपभोग्य सरसामान किन्ने ग्राहकको संख्या ह्वात्तै घटेको छ । जस कारण कतिपय व्यापारीहरु ग्राहकको पखाईमा बसेको समेत देख्न सकिन्छ ।
विभिन्न सरसामानको माग बढेपनि नाकाबन्दीका कारण आपूर्ति सहज हुन नसकेकाले कारोबार घटेको स्थानीय व्यापारीहरुको भनाई छ । दशैंमा घर फर्किनेको संख्यामा समेत यसपाली बन्दका कारण कमी आएकाले व्यापार कम हुन पुगेकोे न्यु रिक्की स्टोरका मोहमद कासिमको भनाई छ ।
सबैभन्दा पुरानो व्यापारिक बजारका रुमा रहेको इनरुवा २ सयको हाराहारीमा सानाठुला पसल छन् । लगातारको लामो बन्द र नाकाबन्दीका कारण यस पटकको दशैं व्यापारीहरुका लागि दशा झैं बनेको  इनरुवा उद्योेग बाणिज्य संघका अध्यक्ष प्रमोद आर्चायको बुझाई छ।

तपाईको प्रतिक्रिया