२७ चैत्र, रविन्द्र कुमार साह ।(फाइल फोटो) सिरहा पूर्वी र मध्य तराईका सिरहा, सप्तरी र धनुषामा हरुवा चरुवा अधिकारका लागि कार्यरत एक्टिभिष्टहरुको सुदूर पश्चिम नेपालको कञ्चनपुर पुगेको छ । सुदूरपश्चिम नेपालका जिल्लामा चलेको हलिया कमैया मुक्ति आन्दोलन र नेपाल सरकारले गरेको भनिएको पुनःस्थापनाको स्थलगत अवलोकन गर्न शनिबार कञ्चनपुरको महेन्द्रनगरमा पुगेको हो । नेपाल सरकारले २०५७ साल साउन २ गते कमैया मुक्ति तथा २०६५ भदौ २० गते हलिया मुक्तिको घोषणा गरेको भएपनि पूर्वी र मध्य तराईका ८ जिल्लामा हरुवा चरुवाहरु बँधुवा मजदूरकै रुपमा काम गर्न बाध्य छन् । तराईका ८ जिल्लामा करिब एक लाख घर परिवारहरु अहिले पनि बाँधा मजदूरका रुपमा काम गर्न बाध्य छन् । जसमध्ये करिब ९० प्रतिशतभन्दा बढी दलित समुदायका रहेका छन् । राष्ट्रिय मुक्त हलिया समाज महासंघले कंचनपुरमा सञ्चालन गरेको सहकारी, नेपाल सरकारको मुक्त हलिया पुनःस्थापना लगायतका क्षेत्रको स्थलगत अवलोकन गर्ने योजना रहको भ्रमण टोलीका सदस्य तथा सि.आर.डि.एस.नेपालका कार्यक्रम संयोजक मणिलाल विकले बताउनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...
इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रे...
भोक्राहामा बीउ उत्पादन केन्द्रको भवन शिलान्यास
सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारन केन्द्रको भवन शिलान्यास गरिएको छ ।प्रधानमंत्री कृष...
सुनसरीमा पीपीआर विरुद्धको खोप सुरु
सुनसरीमा खसीबाख्रा र भेडामा लाग्ने संक्रामक रोग पीपीआर विरुद्ध निःशुल्क खोप अभियान थालिएको छ । सुनसरीको हकमा इनरुवा नगरप...
सुनसरीमा आम हड्तालको आशिंक प्रभाव
सुनसरीमा नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको आम हड्तालको आशिंक प्रभाव देखिएको छ । सडकमा चल्ने लामो दुरीका सवारी र ...
इनरुवाबाट अढाई क्विन्टल गाँजा बरामद
सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँ...