२८ चैत्र, सप्तरी। मारवाडी सेवा समिति राजविराजको प्रथम साधारण सभा शनिबार राजविराजमा सम्पन्न भएको छ । समितिका अध्यक्ष थानसिंह भन्सालीको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी परिषदका सल्लाहकार जसकरण शारदाको प्रमुख आतिथ्यमा आयोजित सो सभामा मारवाडी सेवा समितिका अध्यक्ष थानसिंह भन्सालीले २ सय २५ वर्षदेखि मारवाडीहरु नेपालमा बसोबास गर्दै आईरहेको बताउनुभयो । उहाँले तत्कालिन नेपाल सरकारको आग्रहमा मारवाडीहरु नेपालमा आप्mनो व्यवसायीलाई बिस्तार गर्दै आएको जानकारी दिदै सप्तरी जिल्लामा १ सय २५ वर्षदेखि बसोबास गर्दै आएको बताउनुभयो । अध्यक्ष भन्सालीले सप्तरीमा सबैभन्दा पहिले हनुमाननगरमा मारवाडीहरु बसोबास गरेको र आफ्नो व्यवसायीलाई सुचारु गरेपछि कोशी नदीले गर्दा राजविराज बँसाई सराई गर्नुपरेको स्मरण गराउनुभयो ।अहिले मारवाडीहरु व्यवसायीमा मात्र सिमित नभएर समाजको अन्य भागमा पनि आफ्नो सहभागिता जनाउँदै आएको उहाँले उल्लेख गर्नुभयो । सोही कार्यक्रममा मारवाडी सेवा समितिले प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, जिल्ला प्रहरी कार्यालयका एसपी भिम ढकाल, सशस्त्र प्रहरीका एसपी दमन थापा, राष्ट्रिय अनुसन्धानका अधिकृत सुमन वैद्य, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवण देव, वरिष्ठ पत्रकार बैजनाथ झा, समितिका गोविन्द्र कावँरा, वैजु जोशी लगायत एक दर्जन ब्यक्तिहरुलाई खादा ओढाएर सम्मान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया