२८ चैत्र, सप्तरी। ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठले पाँच जनालाई रिक्सा हस्तान्तरण गरेको छ । “आजको रिक्सा चालक, भोलीको मालिक” कार्यक्रम अन्तर्गत पाँच जनालाई सो रिक्सा सहकारी डिभिजन कार्यालय लहानका प्रमुख रामप्रसाद सुवेदीले हस्तानान्तरण गर्नुभयो । संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि सहकारी डिभिजन कार्यालय लहानका प्रमुख सुबेदीले सप्तरी जिल्लामा जनज्योति कृषि सहकारीले गरेको कामप्रति प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सहकारीको माध्यमले सोही कामलाई निरन्तरता दिने विश्वास ब्यक्त गर्नुभयो । सो कार्यक्रममा पत्रकार नविन कुमार गुप्ताले पनि बोल्नुभएको थियो । यसअघि राजविराज नगरभित्रका १ सय ५० वटा रिक्सा चालकलाई रिक्सा हस्तानान्तरण गरी रिक्साका मालिक बनाईसकेको संस्थाका अध्यक्ष मण्डलले जानकारी दिनुभयो । सो कार्यक्तममा संस्थाका अध्यक्ष मण्डलले प्रमुख अतिथि सुबेदीलाई खादा ओढाएर सम्मान समेत गर्नुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...
इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रे...
भोक्राहामा बीउ उत्पादन केन्द्रको भवन शिलान्यास
सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारन केन्द्रको भवन शिलान्यास गरिएको छ ।प्रधानमंत्री कृष...
सुनसरीमा पीपीआर विरुद्धको खोप सुरु
सुनसरीमा खसीबाख्रा र भेडामा लाग्ने संक्रामक रोग पीपीआर विरुद्ध निःशुल्क खोप अभियान थालिएको छ । सुनसरीको हकमा इनरुवा नगरप...
सुनसरीमा आम हड्तालको आशिंक प्रभाव
सुनसरीमा नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको आम हड्तालको आशिंक प्रभाव देखिएको छ । सडकमा चल्ने लामो दुरीका सवारी र ...
इनरुवाबाट अढाई क्विन्टल गाँजा बरामद
सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँ...