Inaruwa-aaglagi-rahat
इनरुवा चैत्र २९ / सुनसरीको भोक्राहा ९ का अग्नि पीडितलाई राहत वितरण गरिएको छ ।शनिवार दिउँसो अचानक आगलागी हुँदा मुस्लिम वस्तीका २० परिवारका ५० बढी घर तथा टहराहरु जलेर नष्ट भएका थिए ।पीडित परिवारलाई सुनसरी प्रशासनले सोमवार प्रति परिवार ५ हजारका दरले राहत रकम उपलब्ध गराएको हो ।
आगलागी भएको क्षेत्रको स्थलगत अनुगमन गर्नुका साथै पीडित परिवारका गुनासो संकलनका लागि पुगेको प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहितको टोलीले राहत रकम वितरण गरेको थियो । राहत विरतण कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।शनिवार मध्यान्ह घर छेउमा फालिएको खरानीबाट परालको टालीमा सल्केको आगोको झिल्कोले आसपासका २० परिवारको ५० बढी घर जलाएको थियो ।
आगलागीमा मानविय क्षति नभएपनि चौपाया, अन्नपात, कपडा, गरगहना लगायत गरी डेढ करोड बढीको क्षति पुगेको थियो ।
यसैवीच भोक्राहाका अग्नि पीडितहरुले राहत अपुग भएको गुनासो गरेका छन् । लाखौंको सम्पत्ति गुमाएका पीडित परिवारले दाताहरुले दिएको सहयोग अपुग भएको भन्दै थप राहत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया