ghuski mahila pariwartan1
इनरुवा चैत्र २९ / नागरिक सचेतना केन्द्रको गठन पश्चात ग्रामिण भेगका महिलाहरुमा आशातित प्रगति देखिन थालेको छ ।विशेषगरी सुनसरीको दक्षिणी भारतीय सीमावर्ति क्षेत्रका महिलाहरुका लागि नागरिक सचेतना केन्द्रको पहलकदमी प्रभावकारी बनेको छ ।
घुम्टो ओडेर घरधन्दामै सीमित हुने महिलाहरु समूह गठन प्रकृयामा सहभागि हुने देखि बचत गर्ने, जीविको पार्जनका कृयाकलापमा सहभागि हुने र समाजमा सचेतना फैलाउने कार्यमा अग्रसर देखिन थालेका छन् ।सुनसरीको पिछडिएको गाविसमा गनिने घुस्की र कप्नागंजका महिलाहरुमा नागरिक सचेतना केन्द्रको पहलले आफुहरुमा परिवर्तनको अनुभूति गराएको स्वयं स्थानीय महिलाहरु बताउँछन् ।

ghuski mahila pariwartan
ग्रामिण भेगमा संचालनमा रहेका नागरिक सचेतना केन्द्रको जिल्लास्थित रहेको सामाजिक परिचालन समन्वय समितिले अनुगमन गरी परामर्श का साथै आर्थिक सहयोग समेत उपलब्ध गराउँदै आएकाले समेत केन्द्रमा आवद्ध महिलाहरुमा परिवर्तन सम्भव भएको स्थानीयहरु बताउँछन् ।दाताहरुको सीमित सहयोगमा सचेतना केन्द्रमा आवद्ध महिलाहरुले व्यक्तिगत बचत थपेर जिविको पार्जन मुखी कार्यक्रमहरु संचालनमा ल्याई पारिवारीक अवस्था उकास्न प्रयत्न गर्दै आइरहेका छन् ।
केन्द्र गठन पश्चात महिलाहरुमा क्षमता अभिवृद्धि हुनुका साथै आत्मबल बढेको र गाउँघरको विकास सँगै सचेतनाको पाटोमा समेत सुधारको महसुस गरिएको जिल्ला विकास समिति सुनसरीकी सामाजिक बिकास अधिकृत माया राई बताउँछिन् । राईले निरन्तर अनुगमन र परामर्श दिइरहेको बताइन् । उनले केन्द्रको प्रभावकारीताका लागि जिविसले थप योजनाहरु लक्षित वर्गसामू पुर्याउने बताइन् ।

तपाईको प्रतिक्रिया