sunsari samudaik karyakram इनरुवा चैत्र ३०/सुनसरीका १५ वटा गाविसमा सामुदायिक विकास कार्यक्रम लागु हुने भएको छ ।बेलायति सरकारको सहयोगमा नेपाल सरकार अन्र्तगत रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्धारा कार्यान्वयन गरिएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत छनौटमा परेका सुनसरीका १५ गाविसमा उक्त कार्यक्रम संचालनमा ल्याउन लागिएको हो ।

सदरमुकाम इनरुवामा राजनैतिक दलका प्रमुख तथा प्रतीनिधी सहित मातहतका सरकारी कार्यालयका प्रतीनिधीहरुको उपस्थितीकावीच कार्यक्रम बारे सार्वजनिक गरिएको हो ।कार्यक्रम संयोजक सरस्वती कोइरालाका अनुसार सामूदायिक विकास कार्यक्रमले विपदमा परेका पीडित, सम्भावित विपदको पूर्व तयारीका साथै उद्धार, सुशासन कायम गराउने र नागरिकमा सचेतना अभिवृद्धिको प्रयासका सवाललाई समेट्ने छ ।कार्यक्रमबारे जानकारीका लागि आयोजित कार्यक्रममा सुनसरी जिविसका योजना तथा अनुगमन अधिकृत तेजनारायण यादवले कार्यक्रमको औचित्यका बारेमा प्रष्ट्याउनु भएको थियो ।

तपाईको प्रतिक्रिया