३० चैत्र, मुगु। (फाइल फोटो) गमगढीदेखि २२ कोष टाढा रहेको धैनकोट इलाका स्वास्थ्य चौकीमा गए राति अज्ञात समूहले तोडफोड गरेको छ । अज्ञात समूहले स्वास्थ्य चौकीको झ्याल ढोका तोडफोड गरी भित्र छिरेर औषधि र उपकरण लिएर गएको स्वास्थ्य चौकीका इन्चार्ज सन्तोषकुमार मल्लले टेलिफोनबाट जानकारी दिनुभयो ।

रातिको समयमा तोडफोड भएकाले कसले तोडफोड ग¥यो भन्ने थाहा नभएको उहाँले बताउनुभयो । सो समूहले स्वास्थ्य चौकीमा रहेको अत्यावश्यक औषधि, कुपोषित बालबालिकालाई प्रदान गरिने पनम पिनट लिटो र रक्तचाप मापन गर्ने उपकरणसमेत लिएर गएको इन्चार्ज मल्लले बताउनुभयो । प्रहरी टोलीलाई घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी चौकीदेखि घटनास्थलसम्म पुग्न छ घण्टा लाग्ने भएकाले विस्तृत विवरण आउन ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सोम थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया